Breaking News

बजेटका दायर यस्ता छन्

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ।

पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब  रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका हुन्।

खर्च

जम्मा खर्च: २१ खर्ब २४  अर्ब

चालु वर्षमा १९ खर्ब ६४ अर्बको विनियोजन गरिएको थियो। अहिलेसमम्म १२ खर्ब ५२ अर्ब मात्रै खर्च भएको छ।

चालु खर्च: 

चालु वर्षको लागि यस्तो खर्च १२ खर्ब ७० अर्ब विनियोजन गरिएको थियो

पुँजीगत खर्च: 

चालु वर्षको लागि ४ खर्ब३१ अर्ब विनियोजन गरिएको थियो।

वित्तीय व्यवस्थापन खर्च: 

चालु वर्षको लागि ४ खर्ब २२  अर्ब विनियोजन गरिएको थियो।

स्रोत

राजस्व:  खर्ब १४ खर्ब ५  अर्ब  बाँडफाँटपछिको चालु वर्षमा १३ खर्ब १५ अर्ब  अनुमान गरिएको थियो। अहिलेसम्म बाँडफाँटपछिको राजस्व नौँ खर्ब पनि संकलन भएको छैन।

वैदेशिक अनुदान: ६१ अर्ब

चालु वर्षमा ५३ अर्ब ४५ करोड लक्ष्य राखिएको थियो। अहिलेसम्म २० अर्ब ७७ करोड मात्रै अनुदान प्राप्त भएको छ।

वैदेशिक ऋण: २ खर्ब  ४७ अर्ब

चालु वर्षमा २ खर्ब ३३ अर्बको लक्ष्य राखिएकोमा अहिलेसम्म ६६ अर्ब मात्रै यस्तो ऋण प्राप्त भएको छ।

आन्तरिक ऋण: ४ खर्ब १०  अर्ब

चालु वर्षमा आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको थियो। अहिलेसम्म २ खर्ब ९८ अर्ब उठाइएको छ।