Breaking News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि खुल्यो

काठमाडौँ । जेनजीको आन्दोलनका कारण बदलिएको राजनीतिक परिघटनाले हिजो मंगलबारबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको बताएको हो । विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।