Breaking News

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक

काठमाडौं । लगातार बर्षाका कारण देशैभरीका सडक अवरुद्ध भएपछि यातायात अवरुद्ध भएका छन् । मुलुकको प्रमुख नाका मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर सो सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो ।

वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ ।