Breaking News

निर्धारित समयको अन्तिम ११ मिनेटमा अर्जेन्टिनाले ३ गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश इजिप्ट विश्व कप रेसबाट आउट

फिफा विशव कप २०२६ को भरखरै सकिएको अर्जेन्टिना र इजिप्टको खेलमा ३–२ ले अर्जेन्टिना बिजयी भएको छ । हारको मुखमा पुगि सकेको अर्जेन्टिना एकाएक हावि हुँदै चमत्कारिक जित हात पारेको छ। इजिप्टले सुरुवाती मै उत्कृष्ट खेल प्रदर्शन गर्दै २–० को अग्रता लिएको थियो। निर्धारित समयको बाँकी ११ मिनेट बाँकी रहँदासम्म पनि अर्जेन्टिना २–० ले पछाडी भएपनि त्यही ११ मिनेट मै अर्जेन्टिनाले ३ गोल फर्काउँदै खेल आफ्नो पक्षमा पारेर क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यसअघिको खेलमा केप भर्डसँग निकै संघर्ष गरेको जितेको अर्जेन्टिना आजको खेलमा इजिप्टविरुद्ध ज्यादै पापड मेल्नु परेको थियो। इजिप्टका लागि यासिर इब्राहिम र मोस्तफा जिकोले गोल गरेको थिए । खेलको ८० औं मिनेटसम्म अर्जेन्टिना २ गोलले पछि परेपछि सारा समर्थक र विश्व जगतलालाई लागेको थियो कि विश्व च्याम्पियन अर्जेन्टिना बाहिरिनेछ।

खेलको पहिलो हाफमै इजिप्टले गोल गरेपछि एक गोलले पछि परेको अर्जेन्टिनाले लगत्तै पेनाल्टी पाए पनि कप्तान लियोनेल मेसीको पेनाल्टी इजिप्टका गोलपिकरले रोकिदिएका ाथए । मेसीको पेनाल्टी रोकिएसँगै अर्जेन्टिनाका समर्थकहरूलाई खेल सकिने केही समय अगाडी सम्म चिन्तित बनाएको थियो।

नब्बे मिनेटको खेल सकिन ११ मिनेट मात्र बाँकी थियो, अर्जेन्टिनाले आफ्नो लय समात्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै गोलअन्तर घटाएर २–१ मा पुर्‍याए। उनलाई गोल गर्नका लागि मेसीले नै पास उपलब्ध गराए।

त्यसको ५ मिनेट ८४औँ मिनेटमा कप्तान मेसीले जादुमय गोल गर्दै खेल बराबरीमा हुन पुगेपछि खेललाई रोमाञ्चक मोडमा जान पुगेको थियो।
त्यसपछि मेसी समर्थक र फुटवल प्रेमी खुशी नै भएका थिए ।
त्यसपछि इन्जुरी समय ९०ं२ मिनेटमा लाउटारो मार्टिनेजको पासमा एन्जो फर्नान्डेजले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविश्वसनीय जित दिलाए।
जारी यस विश्वकपमा मेसीको आठौँ गोल थियो आजको । जसले उनलाई गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को दौडमा सबैभन्दा अगाडि राखेको छ।

खेल जितेपछि ३९ वर्षीय लियोनेल मेसी मैदानमै भक्कानिएर रोए। यो उनका लागि केवल एउटा जित मात्र थिएन, बरु एक कठिन संघर्षपछिको सफलता थियो।

अब क्वार्टरफाइनलमा अर्जेन्टिनाको भेट कोलम्बिया वा स्विट्जरल्याण्ड मध्ये एकसँग हुनेछ।