Breaking News

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय जना बन्दी भागे

काठमाडौँ । जेनजीको आन्दोलनबाट देशको राजनीतिक परिस्थिति परिवर्तन भएपछि आजबाट देशका धेरै कारागारमा रहेका कैदी भाग्ने र कारागार नै जलाउने कार्य भइरहेको छ । आज बिहानसम्म देशैभरका कारागारबाट कम्तीमा १५ सय जति भागिसकेको बुझिएको छ । यसै क्रममा काठमाडौंको सुन्धरास्थित सेन्ट्रल जेलबाट आज बिहान ३३ सय जना भागेको बुझिएको छ । त्यस्तै मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।

सुन्धारा कारागारमा रहेका नेकपा एमाले का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि भागेको समाचार आएको छ ।

केन्द्रीय कारागारका एक जना अधिकृतका अनुसार नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेकाहरू पनि बाहिरिएका हुन् । ती अधिकृत भन्छन्, ‘अहिले केही फर्किएका पनि छन् ।’

सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ४५० जना महिला कैदीबन्दी थिए ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका पूर्व गृह सचिव टेक नारायण पाण्डेले आगजनी हुने सूचना आएपछि निस्केको भन्दै आफू फर्किन तयार रहेको कारागार प्रशासनलाई जानकारी गराएका छन् ।