Breaking News

गृहमन्त्री सुदन गुरुङ राती सुटुक्क  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे

गृहमन्त्री सुदन गुरुङ हिजो राती सुटुक्क  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । अनुगमन र निरीक्षण भन्दै फुत्त हिँड्न थालेका उनी हिजाे साँझ सवा ८ बजेतिर विमानस्थलकाे अन्तर्राष्ट्रिय टर्मिनल पुगेका हुन् ।

निजी सुरक्षा गार्ड,नेपाल प्रहरी, सशस्त्रकाे जम्बाे टाेलीसहित पुगेका गुरुङले नागरिक उड्डयन कार्यालय, अध्यागमन कार्यालय,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भन्सार क्षेत्र र शौचालयहरूकाे अनुगमन गरेका थिए ।

उनले कर्मचारीहरुलाई सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकाे बुझिएकाे छ । झण्डै एक घण्टा विमानस्थलमै रहेका उनी सवा नाै बजेतिर निस्किएकाे एक कर्मचारीले जानकारी दिए ।

गुरुङ केही दिनअघि कसैलाई जानकारी नदिई बारा-पर्साकाे सीमा नाकामा पुगेका थिए भने हिजाे मात्र काेशी प्रदेशबाट फर्केका हुन् ।