२३ असार, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाएका छन् । त्यस्तै यो प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि जिल्ला अदालतले सफाइ दिएको छ । उनीहरूसहित यो प्रकरणमा जोडिएका ७ जनाले सफाइ पाएका छन् ।
सन्दिप रायमाझीको हकमा सानु भण्डारीले चालिस लाख बैंक खातामा जम्मा गरी दिएको भन्ने उल्लेख थियो । भण्डारीले आफ्नो बयानमा प्रतिवादी टोप बहादुर रायमाझीलाई दिएको २ (दुई) करोड मध्येको रकम रहेको भनी उल्लेख गरेको गरेका छन् । ‘भण्डारीले सन्दीपसँग लीयोन ट्रेडर्स लि.मा २०७४ सालमा शेयर सदस्य रहेको देखिने शेयर लगत प्रमाण प्रतिवादी सन्दीप रायमाझीले पेश गरेको देखिएको तथा बाबु टोप बहादुर रायमाझीलाई दिएको रकम मध्येको ४० लाख रकम निज टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई दिएको हो भनी प्रतिवादी सानु भण्डारीले गरेको बयान समेतबाट बाबुलाई दिएको रकम छोराको खातामा हालेको अवस्था समेतबाट निज प्रतिवादी सन्दीप रायमाझी आरोपित कसुरका सम्बन्धमा कसुरदार रहेको भन्ने नदेखिएको’ अदालतको फैसलामा छ । यो प्रकरणमा टोपबहादुर रायमाझी भने राज्यविरुद्धको कसूर,ठगी र संगठित अपराधमा दोषि ठहर भएका छन्

