Breaking News

कपिलवस्तुको कारागारबाट ४ सय कैदीबन्दी भागे

रुपन्देही । कपिलवस्तुको तौलिहवास्थित कारागारबाट बुधबार बिहान साढे ४ सय कैदीबन्दी भागेका छन् । मंगलबार रातिदेखि नेपाली सेनाले सुरक्षाको सबै जिम्मेवारी लिएको छ । तर, सैनिक कार्यालयनजिकै रहेको कारागारबाटै कैदीबन्दी कार्यालय तोडफोड गरेर भागेका हुन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी डिलकुमार तामाङका अनुसार बुधबार बिहान साढे ६ बजेतिर कैदीहरु भागेका हुन् । करिब ५० जना भने भाग्दाभाग्दै पक्राउ गरिएको उनले बताए । जेनजी आन्दोलनको मौका छोपेर देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका छन् ।