जेनजीको दुई दिने आन्दोलनबाट उपत्न भएको राजनीतिक परिघटनाले नयाँ मोड लिएको छ । प्रधानमन्त्री ओली जेनजीका अगाडी घुडा टेकेर राजीनामा दिएर भागेपछि त्यसपछिको उत्पन्न राजनीतिक निकासका लागि प्रधानसेनापति अशोकराज सिग्देलले जनताका नाममा सम्बोधन गर्न गर्न लागेको बुझिएको छ । उच्च ेस्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि सम्भवतः भोलि स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम प्रमुख प्रशासक नियुक्त हुने र उनको टोलीले निर्वाचन गराउने विकल्पउपर पनि छलफल चलिरहेको छ ।
त्यस्तै भ्रष्टाचार छानबिनका लागि एक आयोग र संविधान संशोधनका लागि अर्को आयोग गठन गरिने संभावना समेत छ ।
यसैबीच सुरक्षा निकाय प्रमुखहरुले संयमता अपनाउन सबैलाई अपिल गरेका छन् । उनीहरुले आन्दोलनरत् युवाहरुलाई राजनैतिक संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको र राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको बताउँदै उनीहरुले संयमता अपनाउन अपिल गरेका हुन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ,सशस्त्र प्रहरीका आईजिपी राजु अर्याल,प्रधानसेनापति अशोकराज सिग्देल,गुप्तचर प्रमुख हुतराज थापा,मुख्यसचिव एकनारायण अर्याल र गृहसचिव गोकर्णमणि दुवाडीको हस्ताक्षर छ ।

