Breaking News

रास्वपा का २० जना सांसदहरूले सामूहिक राजीनामा

हिजो आज भएको जेनजीकोे आन्दोलनको मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदरहरूले सामूहिक राजीनामा दिएका छन्।

आज संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले विज्ञप्ती जारी गर्दै २० जना सांसदहरूले सामूहिक राजीनामा दिएका हुन्।

ुजेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,ु विज्ञप्तीमा भनिएको छ।

रास्वपाले पाँच प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन गर्न रास्वपाको माग छ।

त्यस्तै प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्न पनि रास्वपाले माग गरेको छ।

रास्वपाले संविधान संशोधनको प्रक्रिया आरम्भ गर्न पनि माग गरेको छ। त्यस्तै ठूला भ्रष्टाचारका काण्डहरुको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्न पनि रास्वपाको माग छ।