२४ भदौ, काठमाडौं । जेनजी को आन्दोलनले अर्कै रुप लिएको छ । हिजो भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोसित भएका जेनजीहरुले आजबाट नेताहरुका घर छानीछानी आक्रमण गर्न थालेका छन् । आन्दोलरतहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ ।
देउवा कहाँ छन् भन्ने खुलेको छैन । त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डको निवासमा ढुंगामुडा गरेका छन् । संचारमन्त्री गुरुङको घर आगजनी, पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी तथा तोडफोड, एमाले नेता रघुबीर महासेठठको घरमा तोडफोड, एमाले पार्टी कार्यालयमा प्रहार, परराष्ट्रमन्त्री आरजु देउवाको कैलाली घरमा आगजनी । सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडीमा तोडफोड, मुख्यमन्त्री कार्यालयमा तोडफोड, झापामा एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । जेनजीहरुले देशैभरी आन्दोलन चर्काएका छन् र नेताहरुका घर खोजीखोजी आक्रमण गर्न थालेका छन् ।

