Breaking News

जेनजीहरुले कलंकीमा टायर बालेर प्रदर्शन

काठमाडौँ । हिजो भएको जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सरकारले बिहानदेखि चक्रपथभित्रको ठाउँमा अनिश्चितकालीन कफ्र्यु जारी गरे पनि जेनजीले आज पनि प्रदर्शनगरेका छन् । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ । कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् ।