नेकपा (माओवादी केन्द्र को आह्वानमा विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो।
जेन–जीको हिजो सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने उक्त बैठकमा सहभागी नहुने भएको छ।
‘जेन–जीको प्रदर्शन आज पनि सुरू भइसकेको छ। बानेश्वर संसद भवन अगाडि प्रदर्शनकारी भेला भएर नाराजुलुस गरिरहेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। काठमाडौ लगायत ललितपुर, झापा, इटहरी, भक्तपुरमा समेत कर्फ्यु आदेश जारी भएको छ ।

