Breaking News

बाबाको जिउनी खेत

भाइचाराको सम्बन्ध प्रगाढ राख्न
हजुरबुबाले सम्झनामा छोडेको
एक ढिस्को पुर्ख्यौली ओगट्टो बिर्सेर
बाबाको जिउनी बाट नामसारी गरि
दिएको प्यारो फोगट्टो छोडेर
एक डोको खुसी कमाउन
क्षितिज पारिको बेखबर बस्तीमा
पुगेको एक बेखबर जवान
जाल्खो सपनाको खेती गर्न
भोकमरीको दरसुको बिस्कुन बोकेर
हरेक बिहान उज्यालो खोज्न
कुम्ला रहरहरु छताछुल्ल पोखिन्छन
बुढा छातिहरु भरी थैलो माया फलाउन
मुजा परेका गालाहरु प्रेमको सुगन्ध भर्न
सुखको खेती गर्दागर्दै
हातमा खुसिका ढिस्का उमार्न
मानवताको सहुलो छहरा हेर्छन्
इमानको अग्लो धरहरा बनाउछन
निष्ठाको बाक्लो रङ्ग छर्छन
अनि
सम्बन्धको फराकिलो पछ्युरा
समेत बिछ्याएर
प्रदेशी छोराका पर्खाइमा
दुई जोडी वृद्ध आँखाहरु
आगनको डिलमा
हर रात प्रतीक्षामा बसि रहन्छन्
अनि
रातहरु अध्यारा भएपनि
सपनानाको बाक्लो सहरमा
ठाडै निदाएर बिउँझेता पनि
प्रतीक्षाको बाँध फुटेको छैन
अझै
कुरि बसुला सधैं आउने बाटो
सिङ्गो संसार बोकेर
खोजी रहुला विक्षिप्त मान्छेको भिडमा
केबल तिमिलाई
यी दुई जोडी वृद्ध आँखाको
सहयात्रामा !!
-दीर्घबहादुर शाही”डोक्काघरे”

दीर्घबहादुर शाही”डोक्काघरे”