भाइचाराको सम्बन्ध प्रगाढ राख्न
हजुरबुबाले सम्झनामा छोडेको
एक ढिस्को पुर्ख्यौली ओगट्टो बिर्सेर
बाबाको जिउनी बाट नामसारी गरि
दिएको प्यारो फोगट्टो छोडेर
एक डोको खुसी कमाउन
क्षितिज पारिको बेखबर बस्तीमा
पुगेको एक बेखबर जवान
जाल्खो सपनाको खेती गर्न
भोकमरीको दरसुको बिस्कुन बोकेर
हरेक बिहान उज्यालो खोज्न
कुम्ला रहरहरु छताछुल्ल पोखिन्छन
बुढा छातिहरु भरी थैलो माया फलाउन
मुजा परेका गालाहरु प्रेमको सुगन्ध भर्न
सुखको खेती गर्दागर्दै
हातमा खुसिका ढिस्का उमार्न
मानवताको सहुलो छहरा हेर्छन्
इमानको अग्लो धरहरा बनाउछन
निष्ठाको बाक्लो रङ्ग छर्छन
अनि
सम्बन्धको फराकिलो पछ्युरा
समेत बिछ्याएर
प्रदेशी छोराका पर्खाइमा
दुई जोडी वृद्ध आँखाहरु
आगनको डिलमा
हर रात प्रतीक्षामा बसि रहन्छन्
अनि
रातहरु अध्यारा भएपनि
सपनानाको बाक्लो सहरमा
ठाडै निदाएर बिउँझेता पनि
प्रतीक्षाको बाँध फुटेको छैन
अझै
कुरि बसुला सधैं आउने बाटो
सिङ्गो संसार बोकेर
खोजी रहुला विक्षिप्त मान्छेको भिडमा
केबल तिमिलाई
यी दुई जोडी वृद्ध आँखाको
सहयात्रामा !!
-दीर्घबहादुर शाही”डोक्काघरे”

