Breaking News

पशुपति  महायज्ञ र मातृशक्तिका पुन्ज  !!

जय पशुपती महायज्ञ,
परीवार र आयोजक,
अत्यन्तै सगौरवको विषय ,
शक्तिका देविहरुको
विशिष्ट वाचन एबम  वाकपटुता !!

सदियौं देखिको स्त्रीका निमित्त
बनेका चौघेराका पर्खाल हल्लिएको छ,
जन्मजात प्रखर  विद्वान र चेतनशिल
बनेर पनि चेलिको
कन्यादान पछिको,
जीवन दान भित्र लुकेका
सपना, खुशी, आवाज अनि स्वतन्त्रताको
दानलाई अब केही राहत मिल्नेछ ।।

कन्याको जन्म केबल पराइघर,
परीवार र पराई मन  सजाउनु मात्र नभई,
निर्दयी र विवेकहिन समाजका निमित्त
आफ्नो अस्थित्वको पहिचान दिनु हो भन्ने
चेतनाको दियो बलेको छ!!
दान दातव्य नै गर्नुछ भने गरीबका निमित्त
आफू सँग भएका सामाग्रीको गरौँ ,
नकि कुनै चेलि अनि
कुनै दुखिको आँसु भन्ने भान सृजना भएको छ ,

धन्य कोटिहोम महायज्ञ !!
अब यो  तीस दिनको आत्मा चिन्तन मार्फत
होमिनु पर्नेछ,
अमानवीय कर्मका चिन्तनहरु,
दुखी जनका  पिडाका जहरहरु,
कुसंस्कारका घडाहरु,
जन्मिदै टासिंएको वर्ण, लिङ्ग,भाषा र धर्मका
नाममा पिल्सिएका कुन्ठाहरु।।

सनातन धर्मशास्त्रले सर्वत्र बाड्न खोजेको
छ,
मानव मात्रका शान्तिपूर्ण आशाका
किरणहरु,
कोटिहोमको विसर्जन पश्चात् पनि
प्रिय मनोहर नेपाली माटोको सुगन्धले
सदैब विश्वमा शान्ती , आत्मियता अनि
मानवताको बिगुल फुकिनै रहोस!!

प्रारब्धले कठिन परीक्षा लिएका
हर चेलिहरुमा अबको समयले
देवि राधिका दासी,प्रतिभा अनि चन्द्रकला जस्ता
सुगन्धित फुलहरु मार्फत विश्वभरी नेपाल आमाको
स्नेहको सुगन्ध फैलिरहोस,
अब जन्मने र जन्मिएका हरेक स्त्री जाती
प्रतिको सम्मानमा,
नेपालि माटोले गौरवान्वित भएर
सत्य, बिजय र  मार्गदर्शकको
प्रतिबिम्ब देख्न सकोस् ,
अनि मात्र हुनेछ सम्पुर्ण विश्व जगत अनि
पुरुष जमात सम्मको  विजय
उत्सब जहाँ नेपाल आमाको
दिब्य मुस्कानले यहाँका धराहरुमा
प्रकृति हरबखत मुस्कुराउन सकुन ।।

जय नेपाल,
जय कोटिहोम महायज्ञ
जय मातृभुमी नेपाल ।।

सुशिला शर्मा “शिलु”