काठमाडौं । नेपाली काँग्रेसमा भएको विवादले पार्टी कतिखेर फुट्ने हो भन्ने अन्योलता भइरहेको छ । बिशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको संस्थापन काँग्रेसल १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेर रफ्तार अगाडी बढाइरहेको छ भने, उता देउवालगायत इत्तर पक्षले छुट्टै कार्यालय खोलेर राष्ट्रिय भेला समेत आयोजना गरी आफ्ना गतिविधि गरिरहेका छन् । संस्थापन पक्षले महाधिवेशन तालिका सार्वजनिक गरेर अगाडी बढेपछि त्यसलाई रोक्न रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले आज मंगलबार दर्ता गर्ने भएको छ ।
यसअघि गएको शुक्रबार सर्वोच्च पुगेका देउवाका वारेस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए । सोमबार देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै पुरक निवेदन पेश भएको छ ।
देउवा पक्षले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन् । यस्तै यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ ।

