Breaking News

साउन महिनाको आज अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बाक्लो भिड

२८ साउन, काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बाक्लो भिडभाड। साउन महिना भगवान शिवको महिना त्यसमा पनि सोमबार जन्मेको बार भएकाले भगवान शिवको नामा व्रत बसेर शिव नाथको धुपबत्ति दिंदै विधिपूर्वक व्रत बसी पुजाआजा गर्ने काम चलिरहेको छ ।

आज साउन महिनाको अतिम सोमबार भएकाले श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै आज बोलबम तीर्थालुहरु देशभरका शिवालयमा घुइँचो लागि रहेको छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि लामबद्ध रहेका छन् ।

काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर र भक्तजनहरुले अन्य साना ठुला पायक पर्ने शिवालयमाहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।