Breaking News

चरम लापरवाहीले विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब

काठमाण्डौ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।

हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठुलो लाप्रवाही गरेको आफन्तहरुको भनाइ छ । मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरु भेला भएका छन् । विरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरुले बताएका छन् ।

शिकारु डाक्टरहरुले चरम लाप्रवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताए । यद्यपी के कारणले विरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थीतहरुले बताए । हस्पिटलले विरामीको आफन्तहरुसँग पनि कुनै खालको बार्तालाप गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् । पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पथ्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए । सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिव ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टीलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।

बेला बेला यस्तै खालका घट्नाहरु घटदै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरु भडकिएका छन् । उनीहरुले यस्तो अस्पताल मध्ये राजधानीमा सञ्चालनमा रहनु नै बिडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् ।