आज कोरोना संक्रमित थपिने क्रमसँगै ३६ जना नयाँ संक्रमित भेटिए

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना देखिएको छ । उनीहरू अस्पतालमै थिए । यसअघि उनीहरूमा आरडिटी पोजेटिभ देखिएको थियो । अस्पतालको आइसोलेसनमै रहेका उनीहरूलाई पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देवकोटाले जानकारी दिएका छन् ।

उनीहरू २० वर्षका दुई जना, २२ वर्षका एक जना र २७ वर्षका एक जना छन् । उनीहरू सबै पुरूष हुन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका एक जना ३३ वर्षका पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको नमूना परिक्षणमा नरैनापुर मदरसा बाँकेका १७ देखि ३२ वर्ष उमेरका पुरूषहरू ६ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नरैनापुर ३ बाँकेका राष्ट्रिय प्रावि गेललीमा गरिएको नमूना संकलनमा १५ जनामा पोजेटिभ देखिएको छ । उनीहरू १६ देखि ३२ वर्षका पुरूष छन् ।

नरैनापुर १ बाँकेकै राष्ट्रिय प्रावि महातनियामा गरिएको नमूना संकलनमा ६ जनामा पोजेटिभ देखिएको छ । उनीहरू २२ देखि ५० वर्ष उमेरका पुरूष हुन् ।

बर्दिया बढैयाताल ७ का एक १९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यी ३२ सँगै कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।