Breaking News

ग्रान्डी अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमित

१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको बुझिएको छ ।