Breaking News

प्रदेश सरकार संचालनमा एमाले–नेकपा बीच सहमति

केही दिन अघि प्रदेश सरकारमा काँग्रेस र नेकपा (एमाले बीच भएको सहमति तोडिएपछि प्रदशस्तरका सरकार धरमररिएका थिए । प्रदेश सरकार निर्माणमा तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा बीच सरकार संचालनमा सहमति हुन नसकेपछि आज नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त सहमति गरेका हुन्।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्।

मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ।