काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ ।
यस खेलमा नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो भने २२६ रनको विजयी लक्ष्य पछाएको नेपाल ४८ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको हो ।
नेपालको यस सिरिजमा समग्रमा सबै पक्षमा कमजोर देखिएको छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबीयासँग ८ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा नामिबीयासँग ३ रनले पराजित भएको थियो ।
यस सिरिजपछि अब नेपाल शिर्ष चारमा पर्ने सम्भावना पनि लगभग समाप्त भएको छ । नेपालको हाल ३२ खेलमा २४ अङ्क छ र हाल छैटौँ स्थानमा छ । अब विश्वकप लिग २ मा एक सिरिज खेल्न बाँकी रहेको छ । अब ओमानमा आगामी अक्टोबरमा ओमान, क्यानडासँग अन्तिम सिरिज खेल्ने छ ।

