कोशीमा काँग्रेसले पटकपटक धोका दियो अब हामी कांग्रेससँगको सहकार्य भंग गछौं

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ

काठमाडौँ । आज भएको राष्ट्रिय सभा निर्वाभनमा कोशीबाट महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग १०० मतले पराजित भएपछि माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले अब कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् । नेम्वाङले चेतावनी भाषाले बोल्दै भने आज भएको राष्ट्रियसभा निर्वाचनमा काँग्रेसका जनप्रतिनिधिले क्रस मत हाल्दा हाम्रा उम्मेदार पराजित भएकाले हामी गठबन्धनबाट नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने बताएका छन् ।

उनले भने, गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ । कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो । अहिले पनि हाम्रा उम्मेदवार पराजित भए। पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’

माओवादी केन्द्रकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रूक्मणि कोइराला विजयी भएकी छिन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्की पराजित भएकी छन् ।

कोशीमा सत्ता गठबन्धनका १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेका थिए ।