थाहा छैन मलाई , खै के भा छ अचेल

गजल

थाहा छैन मलाई ,खै के भाछ अचेल !
सबैतिर यो मन, मरि रा छ अचेल ।

हेर्छु वर्तमान अनि, भविस्य सम्झिन्छु !
अन्योलको भयले सताएको छ अचेल ।

बढ्दैछ झनझन, कहर कोरोनाको !
बाच्दिन कि क्याहो, भन्ने झैं ला छ अचेल ।

कस्तो रोग आयो ,यो ब्रह्माण्ड हल्लाउने !
संसारका मान्छेले, दुःख पा छ अचेल ।

हे दैव एउटा उपाय, बताइदेऊ !
अनिश्चित भविस्यले ,तर्सा छ अचेल ।

हाल : कलंकी काठमाण्डौ