चैत्र महिनाको घरबहाल लिने घरबेटीहरुको लागत संकलन गरी कानुनी कारवाही गरिने

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भएपछि आजसम्म पनि देश बन्दाबन्दीमा नै छ । लकडाउन भएपछि दिनहुँ मजदुरी गर्ने मजदुर, व्यापारी तथा अन्य व्यावासय गर्ने मानिसहरु तथा बिद्यार्थीहरुको आयस्रोत नै नभएपछि कसरी लकडाउन अवधि भरको घरभाडा तिर्ने सवालमा सरकारले चैत्र महिनाको घरभाडा छुट दिन डेरावालाई निर्देशन गरे पनि प्राय घरबेटीले सरकारको आदेशलाई पालना नगरी घरबेटीहरुले भाडा लिइरहेको पाइएकाले अब सरकारले कडा कदम चाल्ने तयारी गरेको छ । यस बारेमा सरकारले सरकारी अधिकारीहरुसँग यसबारेमा परामर्श लिएर कदम चाल्न थालिएको छ ।

शहरी क्षेत्रमा घर हुनेहरुले आफ्नो घरमा बहालमा बसेका मजदुर तथा सर्बसाधारणलाई एक महिनाको बहाल छुट दिदा उनीहरुमा कुनै प्रकारको आर्थिक समस्या नहुने सरकारी अधिकारीहरुको भनाई छ । मुलुकलाई गम्भीर संकट परेको बेला उपत्यकाका घरबेटीहरुले एक महिनाको भाडा छुट दिएर सरकारलाई सहयोग गर्नुपर्ने सरकारको निर्देशन छ ।

गएको चैत्र १६ गते बसेको मन्त्रीपरिषदको बैठकले चैत्र महिनाको बहाल छुट दिन सबैमा सार्बजनिक रुपमा आग्रह गरिसकेको छ । राष्टिय संकटको यो बेला बहाल छुट दिएर सरकारलाई सहयोग गर्न मन्त्री परिषदले भनेको थियो । यो बेला सर्बसाधारणलाई आर्थिक रुपले संरक्षण गर्न सरकारलाई ठूलो दबाब परिरहेको छ ।

आर्थिक क्रियाकलाप ठप्प भएर सर्बसाधारणको आम्दानीको स्रोत बन्द भएपछि सरकारले केही राहत हुने ठहर गरी एक महिनाको भाडा छुट गर्न सम्बन्धित सबै घरवालाहरुलाई भनेको थियो । सरकारको यो निर्णयलाई कतिपय बहाल लिने घरवालाहरुले सहर्ष स्वीकार गरे पनि शहरी क्षेत्रका ठूलो संख्याका घरबेटीहरुले भने वेवास्ता गरेर घर बहाल लिइरहेका छन् । त्यसमा त कतै कतै त घरबहाल नदिएको निहुँमा घरबाट निकाल्ने, गेटमा ताल्चा लगाउने, कोठमामा ताल्चा लगाउने, ट्वाइलेट समेत प्रयोग गर्न नदिने, घरमा उपलब्ध पानी, बिजुली जस्ता प्रयोग समेत गर्न नदिने जस्ता हर्कतहरु समाचारमा आइरहेका पनि छन् । मानव भएपछि मानवताको व्यवहार गर्नुको सट्टा उल्लै दानवको व्यवहार गर्ने काठमाण्डौंका घरबेटीहरुलाई कानुनी कारवाही गरेर सवक सिकाउन पनि आग्रह छ सरकारलाई ।
कोहीलाई कोठामा एक छाक खाना रासन पानी र्न छैन भने कसैलाई सोही महलको टुप्पामा बसेर कि बहाल दे हैन भने निस्किजा भन्ने ति मावनरुपी घरधनीलाई सरकारले के कस्तो कदम चालिरहेको छ । त्यसतर्फ पनि ध्यान जान जरुरी छ ।

संकटको यो घडीमा सरकारलाई नटेर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । जबर्जस्ती भाडा लिनेहरुको लगत संकलन गरेर कारबाही समेत बताइएको छ । यसको लागि घर भाडामा बस्नेहरुलाई सम्बन्धित सरकारी कार्यालयमा सूचना गर्न पनि आग्रह गर्ने तयारी गरिएको छ । आफु बसेको घरबेटीले यातना दियो, घरवहाल माग्यो, अरु सेवा सुविधाबाट बञ्चित गर्न खोजिएको खण्डमा जो कोही डेरावालहरुले सम्बिन्धत निकाय तथा प्रहरी प्रसासन सँग सूचना दिन अनुरोध समेत गरिएको छ । यसरी सूचना दिनेहरुको कुरा गोप्य राखिने छ त्यस्ता घरबेटीलाई कारवाही गरिने समेत बताइएको छ ।