मुहारको जून आज कसले लुट्यो भन

गजल   

विश्वासको धागो आज, किन टुट्यो भन !
समर्णपणको धुन ,आज कहाँ छुट्यो भन ?

पिरै पिरले खाछ, यो मन डढेलोले वन
मुहारको जून आज, कसले लुट्यो भन ११

माया भन्दा ठुलो कतै, भेटिन्न अर्को धन
घन बोकी मुटुमाथि, कसले चुट्यो भन ?

तस्विर हेरूँ छाती रेट्छ, यादहरूले मन
पिरतीको काँच आज, किन फुट्यो भन ?

विश्वासको धागो आज, किन टुट्यो भन
समर्णपणको धुन आज,कहाँ छुट्यो भन ?

हाल : कलंकी, काठमाण्डौं