काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी रहेको छ । स्थगित गरिएको चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको थियो ।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।