काभ्रेका एक जना मोहत्तरीका एक जनामा कोरोना संक्रमित पुष्टि

३ जेठ, काठमाडौं । शनिबार आज दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुष रहेका छन् ।

हाल महोत्तरीमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २६ वर्षीय पुरुष काभ्रेको भनेको आधारमा तयार पारिएको समाचारमा त्रुटि भएकाले सच्याइएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।