Breaking News

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको समाचारमा बताइएको छ । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने बताइएको छ । मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए ।