कविता
तिमिले देख्ने धमिल दृश्य, जहाँ आफ्नो मात्र इच्छाहरुको पुजा गर्छौ,
तिमि ब्रह्माण्डको पुरै शक्तिशाली पात्र बन्न चाहन्छौ,
तर एउटा मानव भित्रको दर्द देख्न सक्दैनौ भने तिम्रा आँखा दोषी छन ।।।
तिमिले टेक्ने धर्तिको सारा बहार आफू र आफ्नाको लागि अर्पण गर्न चाहन्छौ,
तिमिले गर्ने हरेक कर्म स्वार्थले भरीएका घडा सरह छन भने, तिम्रा आँखा संगै मन समेत दोषी छ ।।
प्रकृतीले दिएको यो जल, यो वायु र सारा भु चक्रमा आफ्नो स्वामित्व सृजना गर्न खोजेर,
निर्दोषको आँखामा पानी,
अनि मुटु भरी चोट दिएर, आवरणमा दया देखाउदै,
मन मनै खित खिताउछौ भने तिम्रा मनका भावहरु अत्यन्त दोषी छन ।।
आफुलाई बगैंचाको मालिक सम्झने,
सप्तरंगी फुलहरु जुन प्रकृतिको शक्तिबाट फुलेका छन,
तिमी आफ्नो चौघेरा भित्र कैद गरेर तिनलाई जुन सुकै तवरबाट चुँडेर आफ्नो मन्दिर सजाउने चाहना गर्छौ भने तिम्रा हृदयका आँखा दोषी छन ।।
बेदनाको हृदयमा,
टिलपिलाएका आँखामा,
रोकिन खोजेको स्वासमा,
सत्य कर्मको गोरेटोमा, र संघर्षरत घडिमा तिम्रा ओठहरु मौन छन अनि शक्तिका आडमा पिडित हृदयमा नाची नाची मुस्काइरहेका छौ भने तिम्रा भावहरु दोषी छन,
एकदिन समयले निर्बाध पुर्णबिराम लगाउनेछ,
तिम्रा दुशित मनसायलाई,
तिम्रा कुटिल भावलाई,
तिम्रा अदृश्य कसुरहरु लाई,
समयको भावलाई महसुस गर्न समय नै कुर्नु पर्ने तिम्रा
सुस्त मनस्थितिका केसिकाहरु नै दोषी छन।।।