मेरो टोपीमा सान छ किन्न नखोज्नु !!
नेपाली स्वाभिमान छ किन्न नखोज्नु !
अरु जे जे माग्छौ प्रिय माग दिने छु !!
खुकुरी त पहिचान छ किन्न नखोज्नु !
सबकुच पैसाले कहाँ पाइन्छ किन्नलाई !
बा आमा भगवान् सम्झ, किन्न नखोज्नु !!
जुन जग्गामा हिँजो मैले तिम्लाई देखेँ !!
त्यहाँ पुर्खाको दान छ, किन्न नखोज्नु !!
यो जिन्दगी दिन्छु, यदि मैले दिनै परेमा !
एउटै त मेरो सन्तान छ, किन्न नखोज्नु !
हिन्दू भन्दा पनि मायाँ गर्ने आफ्नो धर्मको
यहाँ मुस्लिम, र क्रिसियन धर्म, किन्न नखोज्नु !!
यो हृदय भरी सधैँ गुनगुनाई रहने मेरो त !
नेपाली राष्ट्रिय गान छ, किन्न नखोज्नु !!
हाल :कलंकी