नेकपा को सचिवालय बैठक बालुवाटारमा जारी

२ जेठ, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने  बताइएको छ ।

त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ ।