प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

२३ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको सँगको छलफल लगत्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो दुई नेताबीच पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको बुझिएको छ ।
पछिल्लो समय खनाल प्रचण्ड–नेपाल खेमामा छन् । उनले पनि केही समयअघिसम्म उनी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसैको बिषय वा भोलि बस्ने सचिवालय बैठक र पर्सि बस्ने स्थायीक कमिटीको बैठकका बारेमा छलफल भएको बुझिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।
ओली(प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ।
नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ।