स्थानीय जनता र प्रहरीबीच नेपालगंजको त्रिवेणी चोकमा झडप

२३ बैशाख, बाँके । कोरोना भाइरसका संक्रमित थपिने क्रब बढे पछि बाँकेको जिल्ला प्रशासन कार्यालय आजबाट कफ्यू जारी रे पछि आजै नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ । त्रिवेणी चोकमा होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएको थियो । तर, बजारमा भिड बढेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो । त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए । अहिले स्थिति नियन्त्रण आइसकेको र केही प्रहरी र पदर्शनकारी घाइते भएको बताइएको छ ।