नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण

नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच अर्यालको प्रतिमा अनावरण गरेका हुन् ।

साहित्यकार अर्यालको पुर्ख्यौली थलो गोकर्णेश्वर–७ मा प्रतिमा स्थापना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साहित्य बाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनु भएको घिमिरेले बताए ।

वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिले सम्म चुनौती दिन नसकेको दाबी गरे । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताए ।

अर्यालको पूर्ण कदको सालिक ९महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकल सहित० कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्ध कदको सालिक हेटौडाको पुष्पलाल चोकमा अवस्थित छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।