होण्डुरसको योरो नगरको एक वस्ती ‘ला युनियन’मा जीवन सहज छैन । गाउँलाई गरिवीले जकडेको छ, रोजगारी दुर्लभ छ भने ठूला परिवार माटो र इट्टाले बनेका साना घरमा गा¥होसँग भए पनि मिलेर बस्छन् । अधिकांश गाँउले खानाको लागि आफैले फलाएका जिविका मात्र धान्न पुग्ने अन्नमा आश्रित छन् ।
कठिन जीवन बाच्न विवस यो गाउँमा वर्षमा एक दुई पटक एक अनौठो घटना घट्छ, जसले सम्पूर्ण गाउँलेलाई विशेष महसुस गराउँछ । गाउँलेका अनुसार यो गाउँमा हरेक वर्ष एकपटक र कुनै वर्ष त्योभन्दा बढि पटक आकासबाट माछा बर्सिन्छ । यो प्राकृतिक परिघटना वसन्तको अन्तिमतिर र गृष्मको सुरुको समयमा गड्याङगुडुङ र चड्कोसहित ठूलो पानीपछि घट्ने गर्छ ।
आँधी रोकिएपछि गाउँलेहरु हरेक घरबाट बाल्टिन बोकेर जलमग्न चौरतर्फ निस्कन्छन्, जुन चम्किला साना माछाहरूले ढाकिएका हुन्छन् । गाउँका केही बासिन्दाको लागि यी माछाले वर्षभरमा एकपटक सी–फूड खान पाउने अवसर बनेर आउँछ ।
ला युनियनमा १७ वर्षदेखि बसिरहेका एक किसान लुसिओ पेरेज माछाको वर्षालाई ‘चमत्कार’को रुपमा व्याख्या गर्छन् । ‘हामी यसलाई भगवानको आसिरवादको रुपमा हेर्छौं,’ उनी बलियो विश्वासका साथ भन्छन् । उनले त्यहाँको माछा वर्षाको कारणबारे विभिन्न वैज्ञानिक व्याख्या नसुनेका होइनन् तर उनी ती व्याख्यालाई बकवास मान्छन् ।
स्थानीय बासिन्दाका अनुसार पुस्तौंदेखि योरो क्षेत्रमा माछा बर्सिरहेको छ । स्थानमा योरो नगरभित्र केही हेरफेर भइरहन्छ र एक दशकदेखि ला युनियन वस्तीमा सरेको छ । केही स्थानीय बासिन्दा १९ औं शताब्दीका क्याथोलिक मिसिनरी म्यानुयल डे जेसस सुबिरानाको प्रार्थनाको कारण योरो क्षेत्रमा माछा वर्षिरहेको विश्वास गर्छन् । स्पेनबाट होण्डुरसमा इसाई धर्म प्रचार प्रसार गर्न गएका यी मिसिनरी नेताले गाँउका गरिबहरुको लागि आहाराको लागि भगवानसँग प्रार्थना गरेपछि गाउँमा माछा वर्षन थालेको मिथक प्रचलित छ । सुविरानाको मृत्युपछि उनको पार्थिव शरीरलाई योरो शहरको मुख्य चोकमा रहेको क्याथोलिक चर्चमा गाडिएको छ ।
तर सबैजना धार्मिक तर्कमा विश्वस्त छैनन् । वैज्ञानिक विचार भएका स्थानिय बासिन्दाहरु माछा वरपरका ‘भूमिगत नदी वा त्यस्तै गुफामा जमेका दह’बाट बाढीका कारणले बाहिरिएर मैदानमा आएको हुनसक्ने तर्क गर्छन् । ठूलो वर्षापछि भूमिगत नदी र गुफा पानीले भरिने र त्यसपछि पानीभित्रका माछाहरु बाहिरिएर मैदानसम्म छरिने तिनको व्याख्या छ । पछि वर्षा रोकिएपछि र बाढी थामिएपछि माछाहरू मैदानमै अड्किन्छन् ।
माछाको वर्षा हुनुको कारणमा अर्कोथरी वैज्ञानिक तर्क पनि सहरमा कतै कतै सुनिन्छ । यो तर्कअनुसार योरो नजिकैका पानीका ठूलो स्रोत ९जस्तै ७२ किमी टाढाको आन्द्र महासागर नै भनौं०का पानी ढुंगाको कापमा जोडले ठोक्किँदा उठ्ने फोहोरामा माछा तानिएर योरो क्षेत्रमा आउँछ । तर यो व्याख्यानमा कमजोरी छ । हरेक वर्ष लगभग एउटै समयमा उही स्थानमा मात्र पानीको फोहोराले माछा कसरी पुर्याउँछ भन्ने यो विचार राख्नेहरूले व्याख्या गर्न सकेका छैनन् ।
यारो क्षेत्रमा वर्षने माछाबारेमा वैज्ञानिक अध्ययन भएकै छैन भन्दा पनि हुन्छ । र सहरका ठूलो हिस्सालाई वैज्ञानिक अध्ययन भइदियोस् भन्ने चाहना पनि छैन । उनीहरुलाई धर्मले गरेको व्याख्या नै प्रयाप्त लाग्छ । ‘यो भेगका मानिसहरु धेरै नै धार्मिक छन् । उनीहरुसँग धार्मिक व्याख्याभन्दा फरक तर्क गर्न खोज्यो भने रिसाउँछन्,’ वैज्ञानिक व्याख्याप्रति विश्वास भएका योरोकी नगर व्यवस्थापक होसे रिगोवेर्तो उरविनाले भने ।
कसैले पनि माछा आकासबाटै खसेको देखेको छैन । ठूलो आँधीको समयमा अधिकांश घरभित्रै रहने भएकाले पनि माछा कताबाट आयो भन्ने एकिन गर्न कठिन हुन्छ । तर यही कुरालाई समाएर पादरीहरु ‘यो रहस्य भगवानलाई मात्र थाहा भएको’ दावी गर्छन् ।
माछा वर्षाको कारण जे सुकै होस् तर प्रत्येक वर्ष यसैको कारणले एक वा केही पटक ला युनियनका २०० परिवारले मेला मनाउने अवसर पाउँछन्। माछा समाउने बेलामा धेरै माछा संकलन गर्नेले थोरै संकलन गर्नेलाई माछा दिन्छन् । यहाँ पक्रिएको माछा बेच्न निशेष छ । ‘यो भगवानको प्रसाद हो र भगवानको प्रसाद कसरी बेच्न सकिन्छ ,’ स्थानीय पादरी ओडेलिया हरनान्डे गोन्जालेजले प्रश्न गरिन् । (द न्युयोर्क टाइम्सबाट