गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना

गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको छ । हुलास स्टील इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको सन्दर्भमा हिप्को इन्फ्रा स्थापना भएको हो । दैवी बिपत्तिहरूबाट हुने भौतिक क्षतिलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न गुणस्तरीय उत्पादनहरु उत्पादन गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले पि।इ।वी अवधारणा अन्तर्गतमा रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रुपमा गुणस्तरीय निर्माण मार्फत ग्राहकवर्गलाई सेवा, सुविधा प्रदान गर्दै आइरहेको जनाइएको छ । हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत हाल नियमितरुपमा मध्यमदेखि ठूलाठूला परियोजनाहरु जस्तैः व्यावसायिक भवन, रेसिडेन्टल, वेयर हाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरूको गुणस्तरीय निर्माण गर्दै आइरहेको छ ।