गएको चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो।
काउन्सिलको स्पष्टीकरण उपर धमलाले बुझाएको जवाफमा चित्त बुझ्दो नभएपछि काउन्सिलले आज सोमबार बजे बयानका लागि बोलाएको हो।
नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहित आचार संहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको थियो।
धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। धमलाले जनतालाई छिटो समाचार दिँदा गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन्।