बालबालिका हुर्काउन चीन विश्वकै महँगो मुलुक

बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको छ । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ । यो कुल ग्रार्हस्थ उत्पादनको आधारमा मापन गरिएको अनुसन्धान मुलुक फर्म जेफरिजल ९जेईएफ० ले जनाएको छ । जीडीपी देशको आर्थिक गतिविधिको बृहत मापन हो ।

यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर्मनी र जापानबीच रहेको छ ।

यद्यपि, रकमको आधारमा हेरिने हो भने चीन बालबालिका हुर्काउने मामिलामा सस्तो मुलुक मध्येमा पर्छ । तर यो तुलनात्मक हो । ‘यदि हामीले औसत खर्चयोग्य आम्दानीलाई मिलान गर्ने हो भने चीन विश्वकै सर्वाधिक महँगो मुलुकमा पर्न जान्छ,’ जेफरीजका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

त्यसो हो भने सुदूर पूर्वमा बच्चा हुर्काउनका लागि कत्तिको महँगो पर्न जान्छ रु यसको ठूलो क्षेत्र भनेको शिक्षाको लागत हो र उनीहरु युवावस्थामा पुुगेपछिको लागत पनि ठूलो हुने गर्छ । चीनमा प्रि–स्कुल सेवाहरु पछिल्लो अवस्थासम्म धेरै जसो निजी भएको जेफरीहरुले बताएका छन् ।

चीनमा १८ वर्षको उमेरसम्म बच्चा हुर्काउनका लागि ७५,००० डलर लाग्छ र युनिभर्सिटीका लागि अर्को २२,००० हजार डलर लाग्छ । यद्यपि, यो अमेरिकामा विद्यार्थीले सामना गर्ने खर्चको तुलनामा अत्यन्त सस्तो लाग्छ । यसमा ठूलो भिन्नता
छ ।