Breaking News

स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक

स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर कैनीले गजलसंग्रह सार्वजनिक गरेकी हुन् । संग्रहमा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ जस्ता गजल समेटिएको छ ।

एल्बममा समावेश गीतमा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर छ, भने सागर अधिकारीको एकल संगीत, शाहस शाक्य तथा संजय श्रीपालकोे संगीत संयोजन छ । एल्बममा सहभागी गजल मध्य दुई गीतको भिडियो बनेको छ । शुरेन बस्यालको निर्देशन रहेको भिडियोमा केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रवीना केसी र शिला गजुरेलको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । २०४७ सालदेखि गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा कैनीको सक्रियता रहँदै आएको छ ।