१२ फागुन, काठमाडौं । आजलाई बोलाइएके संसद बैठक अचानक स्थगित भएको छ । प्रधानमन्त्री देवाले विपक्षी दल नेकपा एमालेसँग छलफल गर्नुपर्ने भएकाले आजको लागि बोलाइएको संसद बैठक स्थगित गर्न गरेको आग्रह अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरेपनि संसद बाहिर भने एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा प्रहार गरेका थिए । अहिले पनि सो क्षेत्र तनावग्रस्थ छ ।