Breaking News

गठबन्धन बन्छन्, तोडिन्छन् त्यसैले यसको सडक आवश्यकता बमोजिम तात्छ

१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक अकस्मात स्थगित भएपछि संसदभवन बाट बाहिर निस्कने बेला पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।

संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘गठबन्धन बन्छन्, तोडिन्छन् त्यसैले यसको सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।

एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले यी दुइटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’