आमाको माया

कविता

आमाको माया घाँम र छाँया सबैलाई बिर्साउने
कहिले हाँस्ने कहिले रुवाउने सबैलाई रिझाउने

मायाको रानी स्नेहको खानी तिमी नै संसार
पृथ्वी तिमि धर्ती माता सबैलाई अटाउने

जे भए पनि जे गरे पनि अति नै सहने
सधैं नै हामीलाई काखमा राखी हाँसी नै रहने

हो आमा तिमी कति छौ महान यो धर्तिमा
तिमी भन्दा अरु कोही छैनौं यो धर्तिमा

रातदिन नसुती तिमी हाम्रो साथ बिताउथ्यौं
दुख्ख र पीडा बिर्साउथ्यौं तिमी नाचेर

तिम्रो माया मुटुमा छायो आमा तिमी हाँसेर
सदैव खुशी र स्वस्थ रहनु हामिलाई हेरेर

आर्यान पौडेल कक्षा-८, पाठशाला फाउन्डेसन स्कुल