ममताकी खानी आमा

कविता

आमा तिमी ममता की खानी ।
सधै-सधैं बन्नु सम्पन्नकी खानी ।।

आमा तिमी सधैं भरी बाँच्नु ।
म छोरा सँग जहाँ गए त्यही हाँस्नु  ।।

आमा तिमी मेरो अति नै प्यारी ।
जहिले पनि, मेरो ममताकी रानी ।।

आमा तिमी सधैं-सधैं बाँचिरहनु ।।
मलाई हेरि सदैव खुशी र हाँसिरहनु ।।

आमा तिमी कहिल्यै नरुनु आँखाबाट आँसु झारी ।
तिम्रो साथ म छु नी, सदैव खुशी राख्न साँछी ।।

                               कक्षा- २ ओराकल रे एकेडेमी