धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुँदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह गर्यो । दोस्रो पटक विवाह गरेको श्रीमतीको नाम रुकमिणी थियो । वर्ष दिनपछि रुकमिणीले पनि छोरा जन्माइन् । छोराको नाम सचिन राखियो । सचिन जन्मिँदा रोदन दुई वर्ष नाघेको थियो । सचिन बढ्दै गयो । रोदन पनि ठूलो हुँदै गयो । रोदन ज्ञानी थियो । सचिन चाहिँ चकचके थियो । समय बित्दै गयो । रोदन र सचिन दुवै ठूला भए । दुवै छोरालाई स्कुलमा पढ्न पठाउनुपर्ने भयो । धनप्रसादले आफ्नी कान्छी श्रीमतीसँग छोराहरूलाई अब स्कुलमा भर्ना गरिदिनुपर्ने भयो भने ।
रुकमिणी भने आफूले जन्माएको छोरा सचिनलाई स्कुलमा पढ्न पठाएर रोदनलाई स्कुलमा पढ्न पठाउन चाहन्नथिन् । धनप्रसादले चाहिँ दुवै आफ्नै छोरा हुन्, दुवैलाई स्कुलमा पढ्न पठाउनुपर्छ नि भन्थे । दुवै छोरालाई स्कुलमा पढ्न पठाउने विषयमा धनप्रसादको र रुकमिणीको ठाकठुक झगडा पर्न थाल्यो । रोदन सौतेनी छोरा भएकाले रुकमिणीले रोदनलाई किन स्कुलमा पढ्न पठाउने भन्न थालिन् ।
रोदन आठ वर्ष पुगेपछि रोदनले सानीआमाले उसलाई हेला गरेको कुरा थाहा पायो । खानासमेत आफूले जन्माएको छोरा र सौताको छोरामा फरक हुन्थ्यो । अरूले खाएर बचेको र बासी खाना चाहिँ रोदनलाई रुकमिणीले दिने गर्थिन् । अरूले खाएर बचेको खाना मात्रै रोदनले खान पाउँथ्यो । बेला बेलामा रुकमिणीले रिसाएर रोदनलाई आँखा तरेर हेर्ने गर्थिन् । रुकमिणीलाई रोदन आफ्नो छोरा सचिनसँग खेलेको पटक्कै मन पर्दैनथ्यो । रोदन सौतेनी आमाको व्यवहार देखेर छक्क पर्ने गथ्र्यो । सौतेनी आमाले त्यति हेला गर्लिन् जस्तो उसले ठानेको थिएन । रुकमिणीले कहिलेकाहीँ घरमा धेरै काम हुँदा रोदनलाई काममा जोताउने गर्थिन् । रोदनले कहिलेकाहीँ घरमा काम नगर्दा रुकमिणी गाली पनि गर्थिन् । रुकमिणीले सचिनलाई नयाँ लुगा किनिदिइन् र स्कुलमा लगेर भर्ना गरिदिइन् । सचिन राम्रा राम्रो लुगा लगाएर स्कुलमा पढ्न जान थाल्यो । सचिनका साथीहरू पनि नयाँ नयाँ लुगा लगाएर स्कुलमा पढ्न जान्थे । रोदन सधैँ पुरानो लुगा लगाउनुपरेकोमा नरमाइलो मान्थ्यो ।
धनप्रसाद रोदनलाई धेरै माया गर्थे । उनी रोदनलाई स्कुलमा भर्ना गरेर पढ्न पठाउन नपाएकोमा चिन्तित भए । सचिन भाइले पनि रोदन दाइलाई किन स्कुलमा पढ्न नपठाउनु भएको आमा भनेर सोध्ने गर्दथ्यो । सचिनले रोदन दाइलाई माया गथ्र्यो । बेला बेलामा उसलाई खानेकुरा लुकाएर दिने गथ्र्यो । तर सचिन साह्रै अल्छी स्वभावको थियो । पढ्न पनि गाह्रो मान्थ्यो । एक दिन रोदनले सौतेनी आमासँग सचिनले “म पनि स्कुलमा पढ्न जान्छु नि आमा” भन्यो । रुकमिणीले “तिमी स्कुल जानु पर्दैन तिमी घरमा बसेर मलाई काममा सघाउन चाहिन्छ नि । तिमीलाई म स्कुलमा पढ्न पठाउन सक्दिनँ”
भनिन् । रोदनलाई सचिन भाइ नयाँ लुगा लगाएर स्कुलमा गढ्न गएको आफू स्कुलमा पढ्न जान नपाएकोमा ठूलो पीर पर्यो । रोदनले एक हप्तासम्म सौतेनी आमासँग म पनि भाइसँग स्कुलमा पढ्न जान्छु भनेर जिद्दी ग¥यो । तर रुकमिणीले रोदनलाई स्कुलमा पढ्न पठाइनन् । बाबुको राम्रो कमाइ पनि थिएन । बाबुले थोरै पैसा कमाए पनि कमाएको पैसा सौतेनी आमा रुकमिणीले बुझ्ने गर्थिन् ।
कहिलेकाहीँ सचिनका साथीहरू उसलाई भेट्न भनेर सचिनको घरमा पुग्ने गर्दथे । सचिनको घरमा पुगेपछि रोदनलाई देखेर “ऊ कुन स्कुलमा कति कक्षामा पढ्ने गर्छ नि रु” भनेर साथीहरूले सोधेँ । “रोदन दाइ कुनै स्कुलमा पनि पढ्न जानुहुन्न दिनभरी घरमै बस्नुहुन्छ,” सचिनले भन्यो । “तिम्रो रोदन दाइ किन स्कुलमा पढ्न नजानु भएको नि रु” सचिनको साथीले भन्यो । “रोदन दाइलाई मेरो आमाले स्कुलमा पढ्न पठाउनै मान्नु हुँदैन,” सचिनले भन्यो । “तिम्रो रोदन दाइलाई पनि स्कुलमा पढ्न पठाउनुपर्छ नि स्कुलमा पढ्न पठाएन भने तिम्रो रोदन दाइको भविष्य बिग्रन्छ नि,” सचिनको साथी हेमन्तले भन्यो । सचिनको आमाले छोराको साथीहरूलाई खाजा बनाएर ल्याउँदा सचिनको साथी हेमन्तले भन्यो, “आमा हजुरले किन रोदन दाइलाई स्कुलमा पढ्न नपठाउनु भएको रु” । “रोदन मेरो आफ्नो छोरा होइन, सौतेनीको छोरा हो । त्यसैले नपठाएको,” रुकमिणीले भनिन् ।
“भोलिदेखि रोदन दाइलाई पनि हजुरले जसरी भए पनि स्कुलमा लगेर भर्ना गरिदिएर पढ्न पठाउनुहोला आमा,” सचिनको साथीले भन्यो । सचिनको आमा रुकमिणीले आँखाबाट आँसु झार्दै हुन्छ म तिमीहरूको सल्लाह मानेर भोलि नै रोदनलाई स्कुलमा लगेर भर्ना गरिदिन्छु र स्कुलमा लगाउने नयाँ लुगा पनि हालिदिएर तिमीहरूसँग पढ्न पठाउँछु भनिन् । रोदनले राम्ररी पढ्दै गएर घरमा बेलाबेलामा सौतेनी आमालाई काममा सघाउने गर्न थाल्यो । धेरै पढेर ठूलो मान्छे बनेर रोदनले बुढेसकालमा आफ्नो बुबा र सौतेनी आमालाई हेरचाह ग¥यो । आफूले जन्माएको छोरा सचिनले भन्दा धेरै माया रुकमिणीलाई गर्यो ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौँ
अनलाइनखबरबाट