शुभकामना २०७७ को

कविता

ए नयाँ बर्ष, उमङ्गका
आकाङ्क्षाहरु बटुलेर आऊ ।

समाज बनाउन उर्जा बोकेर आऊ ।।
शत्रु हरू को बिनाश गर्दै,

देशको माटो सजाउने सम्बन्ध जोड्दै आऊ ।
खोला नाला , पहाड, हिमाल, तराई जोड्दै

अनी सार्थक योद्धाहरू खोज्दै आऊ ।
पङ्ती पङ्तीमा देशलाइ ठुलो बनाऊ

शुभकामना विहानी लिएर आऊ ।
देशको माटोमा रोजगार र समृद्धी छोडेर जाऊ ।।

 

पर्वत, पैंयू-७ ,भोर्ले