भोलि बिहान राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं

प्रधानमन्त्री

३० चैत, काठमाडौं । कोरोना भाइरसको महामारीले लकडाउनबाट बन्धक भएका नेपाली जनतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नु भएको छ । यो सन्देश संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउँदै ग्लोबल कम्प्याक्ट नेपालले भोलि बिहान नयाँ वर्ष २०७७ को आगमनको दिनलाई सम्भे भेर बिहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।

प्रधानमन्त्री  केपी शर्मा ओलीको टुईट यस प्रकार छ ।
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!“
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो ।
यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।“