कामनपा १३ वडाद्धारा विपन्न परिवारलाई राहत वितरण

चैत्र ३०, काठमाण्डौ । कोरोना भाइरसका कारणले विश्व नै लकडाउनको कहरमा फसेको अवस्थामा नेपाल पनि लकडाउनमै रहेका छ । लकडाउन भएको आज २१औं मा आईपुग्दा गरिब, सहाय, असक्त, विपन्न, निमुखा, ज्यादारी र अन्य पिडित परिवारको त बिचल्ली नभएर भोकभोकैको अवस्थामा बाँचिरहेका छन् । यसैको मध्यनजर गदै काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बसोबास गर्ने त्यस्ता खनलका परिवारलाई आज आइतबार राहत वितरण गरिएको छ । राहत मारवाडी सेवा समितिले दैनिक ज्यालादारी मजदूर लगायतका समस्यामा परेकाहरुलाई चामल, दाल, नुन, तेल तथा तरकारी वितरण गरेको जानकारी वडा कार्यालयले जानकारी दिएको छ ।
समितिले एक हजार भन्दा बढी सर्वसाधारणलाई राहत सामाग्री वितरण गरेको जानकारी वडा कार्यालयले हामीलाई जानकारी दिएको छ ।