परेवाको रोदन

कविता

कति बिवश छन् ति परेवाहरु रुन कराउन ।
घुरघुर गरेर कराउंदछन् ।
आकाशवाट पानी पर्छ, त्यसपछि उनीहरु कराउन शुरु गर्छन ।
हो परेवा तिम्रा ति अनुभवमा म अनभिज्ञ छु ।
अचम्म छन् तिम्रा ति सौन्र्दय का सुचकहरु ।
तिम्रा ति स्वर मा मैले सपनाहरु बुनेकी छु ।
तिम्रा ति रोदनमा म छट्पट छटपट गरीरहेकी छु ।
तिमी सोझो र सौन्र्दयको प्रतिक हौ ।
कतै तिम्रा चाहानाहरु हावाहुरीले उडाए होलान ।
तिम्रो बियोगमा म आंशु झार्न बिवश छु ।
तिमीलाई अयोग्य बनाउने कति छन् वरपर ।
तिम्रो रोदन मा मुस्कान छर्ने धेरै छन् त्यहां ।
हो परेवा तिमी छट्पटिदा म निद्रामा बर्बराइरहेछु ।
तिमी शोकमा हुंदा म सिथिल भएछु ।
तिम्रो बियोग मेरो आंशु बनेछ ।
तिम्रो स्वर मेरो एकान्तमा साथि बनेछ ।
तिमी एक परी सौन्र्दय को आवाज बनिछौ ।
युद्ध बिना जित्ने प्रकृतिको उपहार बनिछौ ।