काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो ।
यो अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरी मनाउँदैछ । तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ ।
राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो ।

